काठमाण्डुका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाण्डु– काठमाण्डु– काठमाण्डु महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार काठमाण्डु महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन्। मुद्दा दायर हुनेमा बोलपत्र…