रिंकु मृत्यु प्रकरण : पञ्चायत बस्नेसहित ८ जना पक्राउ

काठमाण्डु– सिरहाकी किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो । लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले बताए । उनले भने 'उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने…