अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापाको झापा गाउँपालिका–५ पन्थपडाबाट ब्राउनसुगर ३७० मिलिग्रामसहित आईतबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमद छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ…