हातहतियारसहित १ जना पक्राउ

दाङ – प्रहरीले हातहतियारसहित १ जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका–३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियारसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कुमालले आफ्नै घरमा अवैध हातहतियार लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुक २ थान, खाली बट,…