दसैंको राति टाउको काटेर चन्द्रबहादुरको हत्या

बाँके- कोहलपुर नगरपालिका-८, पिपिरीमा टाउको बिनाको शव फेला परेको छ ।सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा शव फेला परेको हो । घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोला बोकेर गएको देखिएको छ…