काठमाण्डु – जिल्ला अदालत काठमाण्डु परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको आरोपमा प्रहरीले ललित केसीलाई पक्राउ गरेको छ । केसीलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाण्डुमा पठाएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको काठमाण्डुको स्वर्णलक्ष्मी सहकारीका पीडितको…