प्रकोप नियन्त्रणका नाममा ५ करोड कमिसन खाने इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु– जलश्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही कमिसनबाट उनले…