गृहमन्त्रीलाई शिक्षामन्त्रीले भनिन्- त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई सुरक्षा दिनू

काठमाण्डु-शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गरेकी छिन् । केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उनले गृहमन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गरेकी हुन् । सामाजिक सञ्जाल एक्स मार्फत् मन्त्री भट्टराईले उनीहरूको सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन् ।…