काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेकाले पर्सिसम्म सहमति हुने जनाएको छ । क्याबिनेट बैठकबाट निस्किँदै उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको खुलासा गरे । मन्त्री रघुजी पन्तले सोमबारको वार्ताको जानकारी गराए पनि शिक्षकहरूको आन्दोलनको एजेण्डा सोमबारको क्याबिनेटमा नभएको उनले…