सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान निर्णायक वार्ता हुने

काठमाण्डु- सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान वार्ता हुने भएको छ । वार्ता बिहान ७ः३० बजे हुने भएको हो । शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले जानकारी दिए । शुक्रबार ३ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेर बसेका…