देशैभरका विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न शिक्षामन्त्री पुनको निर्देशन

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन भन्दै प्रत्येक विद्यालयमा कम्तीमा १ जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन् । मन्त्री पुनले बुधबार मन्त्रालयमा ३ वटा साना तर महत्वपूर्ण कदम तत्कालै कार्यान्वयन गर्न निर्देशन दिँदै शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधानतर्फ अघि…