माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

महेन्द्रनगर – माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक सिकाइलाई थप प्रभावकारी, गुणस्तरीय तथा व्यावहारिक बनाउने उद्देश्यले बैंकले विद्यालयलाई खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा…