बाबुराम भट्टराईको टिप्पणी-काठमाण्डु र दिल्लीमा सुनिएका गड्यांगगुडुंगका आवाज प्रिय छैनन्

काठमाण्डु -पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिवेला काठमाण्ड र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भट्टराईले लेखेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेको हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरङ्ग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी…