काठमाण्डु-साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाहरूबाट निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो…