काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयको प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले खर्च बढाउन निर्देशन दिए । कार्यक्रममा उनले भने, ‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौं । स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट…