काभ्रेको देउराली सहकारीका अध्यक्ष चौलागाई पक्राउ

काठमाण्डु – काभ्रेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो । सञ्चालक समितिका सदस्यले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर सहकारीमा बचत गर्न लगाई हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए…