काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउने व्यक्तिलाई पक्राउ गरेको छ । ब्युरोले सर्लाहीको मलंवा नगरपालिका–९ निवासी २० वर्षीय सनि शर्मालाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो । ब्युरोका उपनिर्देशक तथा प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकोबारे जानकारी दिए । आरोपी शर्मालाई विद्युतीय कारोबार ऐन…