काठमाण्डु – कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने १ व्यक्तिलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ । सिन्धुपालचोकको बाह्रविसे नगरपालिका–७ घर भई काठमाण्डुको कीर्तिपुर नगरपालिका पाँगा बस्ने २० वर्षीय मिलन थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाको साथबाट ३७०० थान एनसेलको सिमकार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिको नागरिकता २७ थानसहित…