उदयपुर - प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद…