धनुषा – धनुषामा ११ वर्षीया बालिकाको हत्या आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गत बुधबार आँप बगैंचामा भैसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका–१९ कुर्था बस्ने ११ वर्षीया बालिका कञ्चनकुमारी परियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चायत बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो…