नगर प्रहरी लगाएर जनकपुरका मेयरले कुटाए पत्रकार (भिडियाेसहित)

काठमाडौं – जनकपुर उपमहानगरपालिका मेयर लाककिशोर शाहको निर्देशनमा पत्रकारमाथि कुटपिट भएको छ । उनकै कार्यकक्षमा मेयरले नगर प्रहरी लगाएर पत्रकारमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना पत्रकार रहेका छन् । कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई गम्भीर चोट लागेको छ…