काठमाडौं – सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक पक्राउ परेका छन् । एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सोही भिडियो अपलोड गर्ने युवक रबिन सार्कीलाई नेपाल प्रहरीको अपराध महाशाखाले एक वर्षपछि चितवनबाट सोमबार साँझ पक्राउ गरेको हो ।…