काठमाडौं – काठमाडौंमा एक जना बंगलादेशी नागरिकको हत्या भएको छ । बंगालादेशबाट क्यासिनो खेल्न नेपाल आएका उनको आफ्नै साथीले हत्या गरेका हुन् । माघ ६ गते काठमाडौं आएका बंगलादेशका नागरिक मोहिद्दिन अहमदको माघ ७ गते हत्या भएको प्रहरीको आशंका छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा अहमदसँगै आएका उनका साथी दुल्लामियालाई पक्राउ गरेको छ ।…