काठमाडौं - विमानस्थलमा अवैधरुपमा तस्करी गरेर ल्याएको ४ सय ५७ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए। प्रहरीले आलमसँग सुनका सात थान चुरा…