काठमाण्डु-ललितपुरमा एक युवकले आफ्नै श्रीमती हत्या गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेका हुन् । शुक्रबार बिहान श्रीमतीको हत्या गरेर उनी आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको…