कैलाली – प्रहरीले कैलालीको धनगढीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट अवैध लागूऔषध ब्राउनसगुर ८ ग्राम ४६० मिलिग्रामसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने ४० वर्षीय मिन बहादुर बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी…