कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध इन्टरपोलमा ‘रेड नोटिस’ जारी

काठमाण्डु – ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसमा इन्टरपोलले गुरुङ र ऋणी ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गरेको हो ।…