सिन्धुली– सिन्धुलीमा बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा नम्बर ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी…