ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

ओखलढुंगा - ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। दुर्घटनामा…