चितवन - पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाण्डुबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत…