ताप्लेजुङ - ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् । सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार…