खोटाङबाट काठमाण्डु जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते

खोटाङ - खोटाङबाट काठमाण्डु जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते भएका छन् । आइतबार दिक्तेलबाट काठमाण्डु जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन्…