छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं - सर्लाही, महोत्तरी, चितवन, बाँके, भोजपुर, धनुषा, कास्की, धादिङ र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सर्लाही, बागमती नगरपालिका-५ टेकानी टोलस्थित सडकमा ना.६४ प ८५०३ नम्बरको मोटरसाइकल बयल गाडामा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-१० बस्ने १७ वर्षीय प्रमानन्द…