सामाखुसीमा माइक्रोको ठक्करबाट एकको मृत्यु, चार घाइते

काठमाडौं - राजधानीको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले सोमबार मध्यान्ह ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ। ठक्करबाट अन्य चार जना घाइते छन् । खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी, धुम्बाराहीकी लक्ष्मी सापकोटा घाइते…