रोल्पाकाे माडचौरमा जीप दुर्घटना, चालकको मृत्यु

रोल्पा - शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव शनिबार बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३०वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।…