छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं - करिब २३ घण्टाको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १३:२० बजेदेखि शुक्रबार दिउँसो १२:२० बजेको सो अवधिमा सुर्खेत, रुपन्देही र नवलपरासी(बर्दघाट सुस्ता पूर्व), रामेछाप, धनुषा, कञ्चनपुर, काभ्रेपलाञ्चोकमा भएको दुर्घटनामा ११ जनाको ज्यान गएको हो । दुर्घटनामध्ये सुर्खेत, बराहताल गाउँपालिका-२ गिरीघाटस्थित सडकमा भे.१ त ५२८८ नम्बरको…