काभ्रेमा जीप दुर्घटना: नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु

काभ्रे - काभ्रेको मण्डनदेउपुरमा भएको जीप दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि…