काठमाण्डु - बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केही मात्रामा सजिन्छन्। गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फूलहरु फुल्न थालेका छन् । ‘वसन्त ऋतुमा फूल्छन फूलै फूल’ सानो छँदा मुखाग्र बनाएको यस कविताको तात्पर्य त्यसवेलाको कलिलो मस्तिष्कले केलाउन नसकेपनि अहिले राजधानीका सडक, गल्ली चहार्दै गर्दा यही कविताले वेलावेला घच्घचाइरहन्छ । कारण हो,…