तस्वीरमा श्रीकृष्ण जन्माष्टमी

काठमाण्डु - श्रीकृष्णजन्माष्टमी पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कृष्णजन्माष्टमी पर्वका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको…