काठमाण्डु - मुस्लिम धर्मावलम्बीले शनिबार बकर ईद धुमधामका साथ मनाइरहेका छन्। यस अवसरमा उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्। मुस्लिम धर्मावलम्बीको यो दोस्रो महान् पर्व हो । काठमाण्डुको घण्टाघरको काश्मीरी मस्जिदमा भेला भएर सामूहिक नमाज पढेका छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। हिजरी संवत्अनुसार…