भारतीय दूतावासको शैक्षिक ‘दान’ : मुक्त कमलरीका लागि छात्राबास भवन बन्यो वरदान

महेन्द्रनगर-  कञ्चनपुरको बेदकोट नगरपालिका–७ मुसेपानीकी उर्मिला डगौरा बाल्यकालमै कमलरी बस्न बाध्य भइन् । शिक्षा आर्जनका लागि विद्यालय जानुपर्ने ९ वर्षे कलिलो उमेरसम्म डगौराले अर्काको घरमा कमलरी बस्नुप¥यो । ‘मेरो घरायसी आर्थिक अवस्था कमजोर थियो,’ उर्मिलाले विगत सुनाउँदै भनिन्, ‘बुवाले अर्काको घरमा काममा लगाइदिए, बाल्यकालमै अर्काको घरमा काम गर्दा जति पीडा हुन्छ, त्योभन्दा ठूलो पीडै हुँदैन…