काठमाण्डु - कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाण्डृ महानगरपालिकाले शनिबार परीक्षा लिँदैछ । परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । महानगरपालिकाको छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्। महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न…