अध्ययन बिदा दुरुपयोग गरेका टीयूका ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी असुल

काठमाण्डु – अध्ययन बिदामा गएर लामो समय सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (टीयू) का प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन् । विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् ।…