काठमाण्डु – शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा, शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएका शैक्षिक परामर्श केन्द्रहरूमाथि सरकारले अनुसन्धान अगाडि बढाएसँगै नेपाल शैक्षिक परामर्श केन्द्र (ईक्यान) ले आपत्ति जनाएको छ । आईतबार प्रेस विज्ञप्ति जारी गर्दै ईक्यानले परामर्श केन्द्रहरूलाई शंकास्पद वा अपराधसँग जोड्ने प्रवृत्ति स्वीकार्य नरहेको जनाएको छ । ईक्यानका महासचिव भवनाथ हुमागाईद्वारा हस्ताक्षरित…