काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। प्राविधिक समस्या नभए आजै नतिजा सार्वजनिक हुनेछ । वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ…