विपन्नका लागि ८ कडा रोग उपचारमा स्वास्थ्य बीमा अनिवार्य, कार्तिक १ देखि लागू

काठमाण्डु- स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् । मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२…