स्वास्थ्य मन्त्रालयको चेतावनी : काठमाण्डु हैजाको उच्च जोखीममा

काठमाण्डु– मनसुन सकिनै लाग्दा देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिन थालेको छ। केही दिनयता तराईका जिल्लामा हैजाको संक्रमण तीव्र भएको छ भने वीरगञ्जका दुई संक्रमितको मृत्यु भइसकेको छ। समुदायमै हैजाको प्रकोप फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गरिएका छन्। पर्सा जिल्लामा पछिल्ला १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो।…