काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बिमाको औषधि गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको भन्दै बिमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् ।…