देशभर अत्यधिक चिसो र शीतलहर, घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाण्डु – देशभर बढ्दो अत्यधिक चिसो र शीतलहर बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति सर्वसाधारणलाई सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोका कारण रुघाखोकी, ज्वरो, दम, श्वासप्रश्वासमा कठिनाइ र हाइपोथर्मिया जस्ता समस्याहरू बढ्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे । विशेषगरी जाडोयाममा हुने शीतलहर, हुस्सु र…