काठमाण्डु-दोस्रो संस्करणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आज हुँदैछ । आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्ने बताए । विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टाहरूलाई राष्ट्रपतिले अभिनन्दन गर्नेछन् । साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सम्मानित हुँदै छन् । उनका थुप्रै पुस्तक प्रकाशित भइसकेका छन्…