चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिए

काठमाण्डु- चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन्। नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्। भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको थियो। स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरै जसो नोट नक्कली थिए।…