काठमाण्डु- इरानमा अमेरिकाले पनि आक्रमण गरेको छ । इजरायलसँग युद्ध चर्किरहेको बेला अमेरिकाले पनि इरानमाथि आक्रमण गरेको हो । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको उल्लेख गरेका छन् ।…